काठमाडाैं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गैरआवसीय नेपाली संघ(एनआरएनए)लाई राजनितिक दलको नबनाउन आग्रह गर्नुभएको छ । आइतबार आयोजित गैरआवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा उहाँले एनआरएनएका नेताहरु पार्टीको बन्दा समस्या भएको बताउनुभएको हो ।
उहाँले एनआरएनएका अभियन्ताहरु राजनीतिक दलमा आवद्ध हुँदा संस्थाको गरिमा नै पछिल्लो समय खस्किँदै गएको बताउनुभयो । स्थापनाकालको एनआरएनएको जस्तो गरिमा हाल नभएको उहाँको भनाइ छ । उहाँले एनआरएनएलाई राजनीतिक दल र राजनितिमुक्त बनाउने अवसर यही भएको पनि बताउनुभयो ।
उहाँले गैरआवासीय नेपालीलाई मतदानको व्यवस्था, गैरआवासीय नेपाली नागरिकत्ता कार्यान्वयनमा देखिएको समस्याका बारेमा सरकार गम्भिर रहेको पनि बताउनुभयो ।





