महाशिवरात्री मेलाको तयारी अन्तिम चरणमा | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

महाशिवरात्री मेलाको तयारी अन्तिम चरणमा

फागुन १ गते महाशिवरात्री –

काठमाडौं, २७ माघ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री मेलाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । कोषका सदस्य सचिव डा. प्रदिप ढकालले महाशिवरात्री मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले मेलाका लागि आवश्यक दर्शन, सुरक्षा, आवास, स्वास्थ्य सबैको व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको बताए ।

यस वर्ष पनि दर्शनका लागि ३ वटा ठाउँबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । मित्र पार्क, उमाकुण्ड र पिगंलास्थानबाट दर्शन गर्न आउने व्यवस्था मिलाइएको पनि कोषका सदस्य सचिव ढकालले जानकारी दिए ।

कोषले आईतबारदेखि नै पशुपति क्षेत्र वरपर सुरक्षाकर्मीहरु परिचालन गर्ने तयारी पनि गरेको छ । मेलामा सुरक्षाका लागि नेपाल प्रहरी, सशष्त्र प्रहरी र नेपाली सेना समेत परिचालन गर्ने कोषको योजना छ । मेलाका लागि आकस्मिक सेवा दिने गरी स्वयम सेवक र चिकित्सकहरुको व्यवस्था हुने कोषका सदस्य सचिव ढकालले बताए ।

यस वर्ष विशेष पासको भने व्यवस्था नगरिने भएको छ । आवश्यक परे स्वयमसेवक र सुरक्षाकर्मीको समन्वयनमा विशेष व्यवस्था हुनेछ । कोषका सदस्य सचिव ढकालका अनुसार वृद्धवृद्धा, अशक्तहरुलाई आवश्यक परे स्वयमसेवक र सुरक्षाकर्मीहरुले दर्शनका लागि आवश्यक व्यवस्था मिलाउने छन् ।

यस वर्ष फागुन १ गते महाशिवरात्री मेला परेको छ । मेलाका लागि भारतबाट समेत साधुहरु आउनेक्रम सुरु भएको छ । उनीहरुलाई आवास र खानाको व्यवस्था समेत कोषले गर्ने गर्दछ ।

त्यसैगरी कोषले दर्शनार्थीहरुको स्वास्थ्यमा समस्या आए तत्काल उपचार गर्न आवश्यक स्वास्थ्य शिविर पनि संचालन गर्नेछ । महाशिवरात्रीमा पशुपतिनाथ दर्शन गर्न लाखौंको संख्यामा दर्शनार्थीहरु आउने गर्दछन । उनीहरुलाई दर्शन गर्न सहज हुनेगरी आवश्यक व्यवस्था गर्न लागिएको पनि कोषले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);