सिमरा घटना : वार्ताका लागि पुगे जेन–जी अगुवा सुदन गुरुङ | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

सिमरा घटना : वार्ताका लागि पुगे जेन–जी अगुवा सुदन गुरुङ

काठमाडाैं । बाराको सिमरास्थित केही दिन यता भएको विवाद र झडपबीच जेन–जी अगुवा सुदन गुरुङ बारा पुग्नुभएको छ ।
सुदन गुरुङ स्थानीय प्रशासनसँगको वार्ताका लागि बारा पुग्नुभएको हो ।

गत बुधवार बाराको सिमरामा जेन–जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ताबीच झडप भएको थियो ।

एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बारा जिल्लामा पार्टीले आयोजना गरेको कार्यक्रममा जाने भएसँगै जेन–जीहरुले विरोध प्रदर्शन गरेका थिए । सो क्रममा झडप भएको थियो ।

जेन–जीहरुले एमालेका कार्यकर्तामाथि कारबाही गर्नुपर्ने माग अघि सारेका छन् । गुरुङ आएपछि मात्रै वार्ता गर्ने जेन–जीको मागका कारण गुरुङ बारा पुगेका हुन् ।

Leave a Reply