२६७ जना सवार यात्रुवाहक पानीजहाज दक्षिण कोरियामा दुर्घटनाग्रस्त | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

२६७ जना सवार यात्रुवाहक पानीजहाज दक्षिण कोरियामा दुर्घटनाग्रस्त

योनहाप समाचार एजेन्सीकाअनुसार बुधवार २६७ जना सवार यात्रुवाहक पानी जहाज पश्चिमी दक्षिण कोरियाको तटीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । स्थानीय समयअनुसार साँझ ८ः१७ बजे तटीय सुरक्षाकर्मीलाई खबर गरिएको थियो । २४६ यात्रु र २१ जना चालक दलका सदस्यहरूसहितको डुङ्गा राजधानी सियोलबाट लगभग ३१० किलोमिटर दक्षिणपश्चिममा रहेको सिनान काउन्टीको टापु नजिकै पानीमा दुर्घटनाग्रस्त भएको थियो ।

दक्षिणी रिसोर्ट टापु जेजुबाट निस्केको डुङ्गा दक्षिणपश्चिमी बन्दरगाह शहर मोक्पो जाँदै थियो । टापु नजिक पुग्दा जहाज डुबेको चट्टानमा ठोक्किएको अनुमान छ । घटनास्थलमा गस्ती डुङ्गाहरू पठाएको तटीय सुरक्षाकर्मीले कुनै हताहत नभएको अनुमान गरेको छ ।

Leave a Reply