सिमरामा जेन जी युवा र एमाले कार्यकर्ताबीच झडप, प्रशासनद्वारा कर्फ्यू आदेश जारी | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

सिमरामा जेन जी युवा र एमाले कार्यकर्ताबीच झडप, प्रशासनद्वारा कर्फ्यू आदेश जारी

काठमाडाैं ।  सिमरा विमान स्थलमा नेकपा एमालेका कार्यकर्ता र जेन जी युवाहरूबीच झडप भएपछि प्रशासनले कर्फू आदेश जारी गरेकाे छ । आक्रोशित समूहले सिमरा विमानस्थलको गेट ताेडेर भित्र पस्न खाेजेपछि प्रशासनले कर्फू आदेश जारी गरेकाे हाे ।

बाराको परवानीपुरमा आज (बुधबार) आयोजित युवा संघको कार्यक्रममा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल, महेश बस्नेतसहितको टोली विमानमार्फत् बारा गएपनि त्यहाँ अवतरण हुन दिएकाे छैन । नेताहरु बारा नपुग्दै स्थानीय युवा र एमाले कार्यकर्ताहरुबीच सिमरा बजारमा झडप भएको छ ।

कर्फ्यू आदेश अपरान्ह १२ : ३० बजेदेखि साँझ ८ बजेसम्म जारी भएकाे छ ।

Leave a Reply