वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार छैन : अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार छैन : अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई  निर्वाचन गराउने अधिकार नरहेको बताउनुभएको छ । गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरुसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रहेको भन्दै निर्वाचन गराउने अधिकार नरहेको बताउनुभएको हो ।

उहाँले एमाले निर्वाचनबाट नभागोस् भन्ने गरिएको भन्दै एमाले निर्वाचन गराउनुपर्छ भन्ने पक्षमा रहेको बताउनुभयो । उहाँले देशको सबैभन्दा ठूलो र मजबुत पार्टी निर्वाचनबाट कहिल्यै नभाग्ने पनि स्पष्ट पार्नुभयो । यति धेरै हतियार लुटिएको, धेरै कैदीबन्दीहरु फरार रहेको समयमा निर्वाचन हुन नसक्ने बताउनुभयो । अहिलेको सरकारसँग निर्वाचन गराउने केको हक छ ? उहाँको प्रश्न छ ।

अध्यक्ष ओलीले सबैले तत्काल विद्धटित प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply