जेन–जीका माग पूरा नभइकन निर्वाचन हुँदैन : सुदन गुरुङ | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

जेन–जीका माग पूरा नभइकन निर्वाचन हुँदैन : सुदन गुरुङ

काठमाडाैं । जेन–जी प्रतिनिधि सुदन गुरुङले जेन–जीले राखेका मागहरु पूरा नभइकन निर्वाचन हुन नसक्ने बताउनुभएको छ। लैनचौरस्थित खड्का ल्याण्ड प्रा.लि.ले सञ्चालन गर्दै आइरहेको नेपाल स्काउटको जग्गामा रहेका संरचना हटाउने प्रयोजनका लागि त्यहाँ पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले केही बाहेकका सबै जेन–जीहरु एक ठाउँमा रहेको भन्दै माग पूरा हुनुपर्ने बताउनुभयो । जेन–जीहरुका माग पूरा नभए अर्को आन्दोलन हुने चेतावनी दिँदै यसको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्ने बताउनुभयो ।

जेन–जीका हरेक वार्ताहरुमा गृहमन्त्रीको संलग्नता रहेको र आफूलाई माग पूरा हुने विश्वास गृहमन्त्रीले दिनुभएको भएपनि अहिले त्यसअनुसार काम नभइरहेको उहाँको भनाइ छ ।

आफूहरुका माग पूरा नभए गृहमन्त्रीले धोका दिनुभएको ठहर हुने भन्दै गृहमन्त्रीले जेन–जीका माग पूरा गर्न छोडेर निर्वाचनको रटान लगाउनुभएको उहाँको टिप्पणी छ ।

Leave a Reply