निर्वाचन कानूनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार

निर्वाचन कानूनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग

काठमाडाैं । पहिलो संविधान सभाका चार सभासदसहितको टोलीले निर्वाचन कानूनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गर्दै प्रधानमन्त्रीसँग भेट गरेका छन् । डा विन्दा पाण्डे, रेणु चन्द, अमृता थापामगर, सुनीलबाबु पन्त लगायतको टोलीले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नै ५० प्रतिशत महिला उम्मेदवार उठाउन कानूनमै सुनिश्चित गर्नुपर्ने माग गरेको हो ।

संविधानले समानुपातिक समावेशीको सिद्धान्त अवलम्बन गरेको भएपनि निर्वाचन कानुनले संविधानको यो मर्म आत्मसात गर्न नसकेकाले अध्यादेश ल्याएर भए पनि सच्याउनुपर्ने टोलीको माग छ । प्रतिनिधिमण्डलमा उषाकिरण तिम्सेना, सम्झना पौडेल, प्रतीक्षा चापागाईंलगायतको पनि सहभागिता थियो ।

प्रधानमन्त्री कार्कीले प्रतिनिधिमण्डलले अघि सारेका मागबारे मन्त्रिमण्डलमा छलफल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले निर्वाचन खर्चिलो हुन नदिने उपायतर्फ पनि सोच्नुपर्ने धारणा राख्नुभयो । खर्चिलो निर्वाचनका कारण पनि भ्रष्टाचार र चुनावी बेथिति बढेको उहाँको भनाइ थियो ।

Leave a Reply