काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का नेता माधव सापकोटाले पार्टीको नाम माओवादी नराख्ने बित्तिकै माओवादी जनयुद्ध र माओवादी लिगेसी नरहने भन्ने नहुने बताउनुभएको छ । विघटित केन्द्रीय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्राविधिक र आजको आवश्यकता अनुसारको राजनीतिक स्तरिकरण गरिएको बताउनुभएकाे हाे ।
उहाँले माओवादीहरुले माओवादको बारेमा अझ प्रखर ढंगले छलफल गर्ने बताउनुभयो । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समेत आगामी दिनमा माओको योगदान, विचारधारा र माओवादका बारेमा बहस गर्ने कुरामा सहमति जनाउनुभएको उहाँकाे दाबी छ ।
माओवाद पार्टीभित्रको आन्तरिक बहसको विषय बनाएर अघि बढ्ने उहाँकाे भनाइ छ । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनको पुनःगठन र ध्रुवीकरण नयाँ शिरामा गएको दाबी गर्नुभयो ।





