छुट्टाछुट्टै दुर्घटनामा नाै जनाकाे मृत्यु, सात जना घाइते | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

छुट्टाछुट्टै दुर्घटनामा नाै जनाकाे मृत्यु, सात जना घाइते

काठमाडाैं । धनुषाको वीरेन्द्र बजारमा यात्रुवाहक बस र अटो एकआपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार विराटनगरबाट धनगढीतर्फ जाँदै गरेको सु.प्र.०१–००१ ख ३२८८ नम्बरको यात्रुवाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्र.२–०१–००१ ह १२३० नम्बरको अटोलाई शनिबार साँझ करिब ७ बजेतिर ठक्कर दिएकोे थियो ।

दुर्घटनामा जिल्ला धनुषा गणेशमान चारनाथ नगरपालिका–१ बस्ने अन्दाजी ४० वर्षीय धनबहादुर पूर्वछाने मगर, उहाँको श्रीमती ३५ वर्षीया निशा मगर, सोही ठाउँका ३५ वर्षीय शम्भु पूर्वछाने मगर र ४० वर्षीय डम्बर राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले पुष्टि गरेको छ ।

घाइते हुनेमा धनबहादुरका १४ वर्षीया छोरी सितल मगर र सोही ठाउँका रमेश मगरका नौ वर्षीय छोरा रोशन मगर रहेका छन् । उहाँहरूको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, रुकुमपूर्व भूमे गाउँपालिका–१ पञ्चासेमा अटो दुर्घटना हुँदा एकै घरका दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

शनिबार साँझ पौने ६ बजेको समयमा रा १ ह ६७९७ नम्बरको अटो लुगुमबाट ब्राहताल जाँदै गर्दा पञ्चासेस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

मृत्यु हुनेमा भूमे–१ का ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया फिसोल्टी भन्ने सबिता घर्ती भएको प्रहरीकाे भनाइ छ ।

यसैगरी, भूमे–१ का २६ वर्षीया प्रतिक्षा बुढा, बुढाका छोरा ११ महिनाको सुभम बुढा, २५ वर्षीया ब्युटी पुन, पुनका छोरी २ वर्षीया समृद्धि पुन र ३ वर्षीया सक्षम घर्ती घाइते भएका छन् । घाइते पाँच जनाको रुकुमपूर्व अस्पतालबाट उपचार पश्चात् डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply