जनार्दन शर्माले अराजक व्यवहार देखाएकाे संयाेजक दाहालकाे आरोप | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

जनार्दन शर्माले अराजक व्यवहार देखाएकाे संयाेजक दाहालकाे आरोप

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का संयाेजक पुष्पकमल दाहालले पार्टीका नेता जनार्दन शर्माले अराजक व्यवहार देखाउनुभएको आरोप लगाउनुभएको छ ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले शर्माले अजारक शैलीमा बाेलेकाे बताउनुभएको हो । उहाँले बैठक राम्रो किसिमले चलिरहेको तर आफ्ना कुरा राखेर शर्मा अराजक शैली देखाउँदै निस्किनुभएको बताउनुभयो ।

उहाँले शर्माको शैली राम्रो नभएको टिप्पणी गर्नुभयो । शर्मा सचिवालय बैठक छोडेर बीचमै निस्किनुभएको थियो । उहाँले माओवाद माओवादी केन्द्रले छोड्न लागेकोप्रति आपत्ति जनाउँदै नेकपा (एकीकृत समाजावदी)सँग पार्टी एकता हुन नहुने धारणा राख्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘….केही जाँदैन । हाम्रो पार्टी सबै एकजुट भएको छ । सिसी मिटिङसम्म जनार्दन पनि एक हुन्छन् र हुनुपर्छ भन्ने विश्वास हामीलाई छ । उहाँले  बैठकमा राम्रो सुरूवात गर्नुभएको थियो । उहाँले विषय राख्नुभयो, ल बस्नुस् सबैका कुरा सुन्ने भनेको उठेर हिँड्नुभयो । उहाँले शैली नराम्रो हो । कसैलाई मन पर्ने शैली होइन । त्यो अराजकता हो ।’

दाहालले केन्द्रीय कमिटी बैठकसम्म शर्मा पनि एक हुने बताउँदै माओवादी केन्द्र एकजुट रहेको दाबी गर्नुभयो ।

Leave a Reply