जेन-जी आन्दोलनमा आपराधिक गतिविधि गर्नेहरु दण्डित हुन्छन् : महानिरीक्षक खापुङ | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८२, आइतबार

जेन-जी आन्दोलनमा आपराधिक गतिविधि गर्नेहरु दण्डित हुन्छन् : महानिरीक्षक खापुङ

काठमाडाैं । प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जेन—जी आन्दोलनमा आपराधिक गतिविधि गर्नेहरु दण्डित हुने बताउनुभएको छ ।  काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो आन्दोलनको बहानामा अपराधिक कार्यहरु पनि भएको उल्लेख गर्दै उनीहरुमाथि कारबाही हुने बताउनुभएको हो ।

प्रहरी महानिरीक्षक खापुङले समाजलाई धमिल्याउने अपराधिक गतिविधिहरुलाई प्रहरीले कुनैपनि हालतमा रोक्नुपर्ने भएकाले त्यस्ता तत्वलाई निशाना बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको समेत बताउनुभयो । जेनजी आन्दोलनपछि प्रहरीहरुको मनोबल खस्केको भन्ने भनाईमा सत्यता नरहेको पनि उहाँले बताउनुभयो ।

प्रहरी महानिरीक्षक खापुङले जेन-जी आन्दोलनपछि प्रहरीहरु स्थानीय जनताको सहयोगमा नै सबै चौकीहरुमा पुनःस्थापना हुन सकेको बताउनुभयो । प्रहरी महानिरीक्षक खापुङले समाजलाई शान्ति सुरक्षा दिने दायित्वबाट नेपाल प्रहरी कहिल्यै पछि नपर्ने दाबी समेत गर्नुभयो ।

Leave a Reply