सहिदको रगत नबिर्स भन्दै माइतीघरमा जेनजीको प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८२, मंगलबार

सहिदको रगत नबिर्स भन्दै माइतीघरमा जेनजीको प्रदर्शन

काठमाडौ ।
काठमाडौंको माइतीघरमा शहीदको रगत खेर नजाओस् भन्दै जेनजी युनाइटेडले शुक्रबार  प्रदर्शन गरेका छन्। जेनजी समूहहरुलाई एकताबद्ध हुन आह्वान गर्दै र शहीदहरुको रगत नबिर्सन खबरदारी गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको हो ।जेन–जेड युनाइटेड’को नामबाट गरिएको प्रदर्शनमा बालबालिकाहरु र शहीद परिवारका सदस्यहरु पनि सहभागी छन् ।

उनीहरुले ‘राष्ट्र पहिला, अहंकार पछि’, ‘देश दुख्दा मौन नबसौं, एक हौं’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।शहीदहरुको रगत नबिर्स’, ‘देशका घाउहरु हाम्रो जिम्मेवारी’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले जेनजी आन्दोलनका शहीदहरुका रगत खेर जान नदिन पनि खबरदारी गरेका छन्।

Leave a Reply