काठमाडाैं । जेन—जी युनाइटेडले आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदको सम्झनामा श्रद्धासुमनसहित भाइटीका कार्यक्रम गरेका छन् । उनीहरुले जेन-जी एक हुनुपर्ने माग समेत राखेका छन् । जेन-जी एक नभएसम्म शहीदका आत्माले शान्ति नपाउने र शहीदको आत्मा सधैँ भौंतारिरहने बताए ।
काठमाडौंको माईतीघर मण्डलामा भेला भइ जेन-जी युनाइटेडले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । उनीहरुलै रगतले लेखिएको इतिहास अब खेर नजाओस्, शहीदको नाममा स्वार्थको खेल नहोस्, शहीदको सपना पूरा गर्नु हाम्रो जिम्मेवारी हो जस्त प्लकोर्ड बोकेर प्रदर्शन गरेका हुन् ।
उनीहरुले माईतीघर मण्डलामा नेपाली झण्डा शरीरमा ओढेर शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।





