काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू देश र जनताप्रति बफादार रहेको बताउनुभएको छ ।
जेन-जी आन्दोलनपछि पहिलो पटक आइतबार काठमाडौंमा सम्पादकहरुसँगको छलफल कार्यक्रममा उहाँले देश र जनताप्रति बफादार रहेकाे बताउनुभएको हो ।
अध्यक्ष ओलीले देश र जनताप्रतिको निष्ठा आफ्नो मूल्य र मान्यता भएको उल्लेख गर्दै त्यसप्रति मन पर्नु वा नपर्नु व्यक्तिको रोजाईको विषय भएको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘देश अनिश्चयमा गएको छ । मेरो बफादारिता कसैलाई मन परे पनि नपरे पनि यस देश, जनताप्रति मेरो बफादारिता छ । त्यसकारण मैले भनेका मूल्य मान्यता मेरा निष्ठाका विषय हुन् । मन पर्नु/नपर्नु व्यक्तिगत च्वाइसका कुरा हुन् ।’
अध्यक्ष ओलीले आफू सत्यको पक्षमा लागि परेको र लागि रहने बताउनुभयो ।





