स्पेनमा भारी वर्षापछि आवास तथा सडक सञ्जालमा डुवानमा | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८२, बिहीबार

स्पेनमा भारी वर्षापछि आवास तथा सडक सञ्जालमा डुवानमा

काठमाडाैं । गत आइतबार राति र सोमबार बिहान भारी वर्षापछि उत्तरपूर्वी स्पेनी क्षेत्र तारागोनामा घर, सडक र रेल्वे लाइनहरू डुबानमा परेका छन् । स्पेनको राज्य मौसम विज्ञान एजेन्सीले प्रतिवर्ग मिटर एक सय लिटरभन्दा बढीको कुल वर्षाको पूर्वानुमानको बीचमा बार्सिलोनाको दक्षिणमा अवस्थित यस क्षेत्रको लागि रेड–अलर्ट जारी गरेको छ ।

क्षेत्रीय र स्थानीय अधिकारीहरूले पर्याप्त चेतावनी दिएका छन् । विद्यालय र विश्वविद्यालयहरूले कक्षाहरू स्थगित गरेका छन् भने गैर–आवश्यक स्वास्थ्य र सामाजिक सेवाहरू रद्ध गरिएका छन् ।

घरहरूमा बाढीको जोखिमका कारण लगभग एक हजार मानिसहरू खेलकुद केन्द्रहरूमा रात बिताउनु परेको बताइएको छ । यसैबीच आपतकालीन सेवाहरूले मद्दतको आवश्यकता परेका मानिसहरूबाट लगभग तीन सय ५० कलहरू प्राप्त गरे । बढ्दो पानीमा फसेपछि कम्तिमा ३१ व्यक्तिहरूलाई उद्धार गरिएको छ।

Leave a Reply