तोडफोड, आगजनी र लुटपाटमा संलग्नमाथि कारबाही हुन्छ : सञ्चारमन्त्री | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

तोडफोड, आगजनी र लुटपाटमा संलग्नमाथि कारबाही हुन्छ : सञ्चारमन्त्री

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले सरकारले आगामी फागुन २१ गते तोकिएको निर्वाचन गराएरै छोड्ने बताउनुभएको छ । आइतबार नेपाल पत्रकार महासंघका पदाधिकारीहरुसँगका भेटमा उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

फागुन २१ मा चुनाव गराउने कुरामा सरकार स्पष्ट रहेको सञ्चारमन्त्री खरेलको भनाइ थियो । उहाँले सरकारले जनतालाई अनुभूति हुने गरी सुशासनको क्षेत्रमा पनि काम गर्ने बताउनुभयो । ६ महिनाको म्यान्डेटसहित बनेको सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनको क्षेत्रमा देखिने गरी काम गर्ने उल्लेख गर्दै सञ्चारमन्त्री खरेलले सोहीअनुसार कामलाई अघि बढाइएको दाबी गर्नुभयो ।

मन्त्री खरेलले जेन-जी आन्दोलनको क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्नमाथि सरकारले कारबाही गर्ने दृढता समेत व्यक्त गर्नुभयो । त्यस अवसरमा महासंघकी अध्यक्ष निर्मला शर्माले जेनजी आन्दोलनको क्रममा सञ्चार संस्था तथा पत्रकारहरुले भोग्नुपरेको पीडाबारे मन्त्री खरेलको ध्यानाकर्षण गराउनु भएको थियो ।

Leave a Reply