इजरायलको प्रधानमन्त्री कार्यालयले भन्यो– विपीन जीवित रहेको प्रमाण हामीसँग छैन | ईमाउण्टेन समाचार

Our Network

साउन २० २०८३, बिहीबार

इजरायलको प्रधानमन्त्री कार्यालयले भन्यो– विपीन जीवित रहेको प्रमाण हामीसँग छैन

काठमाडौँ ।
इजरायलको प्रधानमन्त्री कार्यालयले हमासले बन्धक बनाएका नेपाली युवा विपीन जोशी जीवित रहेको प्रमाण नभेटिएको जनाएको छ । इजरायलको प्रधानमन्त्रीका सल्लाहकार जनरल गल हिर्शले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई विपीन जीवित रहेको प्रमाण आफूहरूसँग नरहेको जानकारी गराएका हुन् ।

मिडियाहरुमा विपिनबारे विभिन्न समाचार आइरहेकाले आफूले प्रधानमन्त्री कार्यालयमा बुझेको र त्यहाँका अधिकारीहरुले विपिनको अवस्था अझै थाहा हुन नसकेको राजदूत पण्डितले बताएका छन। उनले आधिकारिक निकायबाट पुष्टि नभई समाचार नलेख्न र पीडित परिवारको भावनामा चोट नपुर्‍याउन अनुरोध समेत गरे ।

Leave a Reply

ताजा समाचार