मार्तडीमा खानेपानी र विद्युत सेवा नियमित नहुँदा उपभोक्ता मारमा | ईमाउण्टेन समाचार

Our Network

पुष १४ २०८१, आइतबार

मार्तडीमा खानेपानी र विद्युत सेवा नियमित नहुँदा उपभोक्ता मारमा

मदन वि.क

बाजुरा, २५ माघ । बाजुरा सदरमुकाम मार्तडीमा खानेपानी र विद्युत सेवा नियमित नहुँदा उपभोक्ता मारमा परेका छन् । महिना दिनसम्म पनि खानेपानी र विद्युत सेवा नियमित नहुँदा दैनिक कमकाज प्रभावित भएको छ ।

सदरमुकाम मार्तडीको खानेपानी, ढल, सडक व्यवस्थापन गर्न चालु आर्थिक बर्षको लागि ३ करोड रकम विनियोजन गरिएको छ । तर महिना दिनसम्म पनि खानेपानी र विद्युत सेवा नियमित आएको छैन । खानेपानी र विद्युतको अभावमा झण्डै २५ हजार उपभोक्ता प्रभावित भएका छन् ।

मार्तडी बजार खानेपानीकाे पाइप फुटेर हिलाम्मे भएको छ । बजार नजिकै नदीनाला छन् तर खानेपानीको समस्या दिनप्रतिदिन बढेको छ । धारमा पानी नआउँदा टाढा जानुपर्ने बाध्यता स्थानीयको छ ।

निर्वाचनका समयमा खानेपानी र विद्युतको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका जनप्रतिनिधिले आफ्नो बाचा बिर्सिएको उपभाेक्ताकाे भनाई छ ।

खानेपानीसँगै विद्युत सेवा पनि नियमित संचालन भएको छैन । बाजुरा साना जल विद्युत केन्द्रको मेसिनहरु पुराना र जिर्ण भएकाले विद्युत सेवा प्रभावित भएको हो ।

विद्युत नहुँदा सरकारी कामका साथै उद्योग व्यवसायमा असर परेको छ । उता नगरपालिकाले भने समस्या समाधानको पहल भइरहेको दाबी गरेको छ ।

महिनौ दिनसम्म पनि सदरमुकाम अस्तव्यस्त हुँदा सरोकारवाला निकायले समाधान गर्न चाँसो दिएका छैनन् । स्थानीयले निर्वाचनको समयमा जनतासँग जनाएको प्रतिवद्धता अनुसार काम गर्न जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);