जेन जीका नाममा काठमाडाैंका विभिन्न स्थानमा सरकारविरुद्ध प्रदर्शन, सुरक्षा व्यवस्था मजबुत | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

जेन जीका नाममा काठमाडाैंका विभिन्न स्थानमा सरकारविरुद्ध प्रदर्शन, सुरक्षा व्यवस्था मजबुत

काठमाडाैं । जेन-जीहरुका माग पूरा नगरेको भन्दै अन्तरिम सरकारविरुद्ध प्रदर्शन गर्न पुगेका केही अभियन्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । माईतीघर मण्डलामा जेन-जीका मागहरु सरकारले पूरा नगरेको भन्दै प्रदर्शनका लागि पुगेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा डाक्टर निकोलस भुसाल र स्वतन्त्र अभियन्ता एसपी साह लगायत रहेका छन् । उनीहरु जेन-जीहरुले अन्तरिम सरकारसँग राखेका मागहरु पूरा गर्न ढिलाइ गरेको, भ्रष्टाचार र बेथिति विरुद्ध कुनै कदम नचालेको, जेन-जी पुस्ताले गत भदौ २३ गते गरेको आन्दोलनमा दमन गर्नेहरुलाई पक्राउ नगरिएको भन्दै विभिन्न माग राखेर प्रदर्शन गर्न पुगेका हुन् ।

पक्राउ परेकाहरुलाई प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखेका छ । जेन-जीका नाममा माईतीघरसहित काठमाडौंका विभिन्न स्थानमा गतिविधिहरु बढ्दै गएपछि सुरक्षा व्यवस्था मजबुत बनाइएको छ ।

Leave a Reply