माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा सहभागी हुन्छ : संयाेजक दाहाल | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा सहभागी हुन्छ : संयाेजक दाहाल

काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का संयाेजक पुष्पकमल दाहालले माओवादी केन्द्र सक्रियताका साथ निर्वाचनमा सहभागि हुने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफ्नो पार्टी घोषित मितिमा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा रहेको बताउनुभयो । अन्य राजनीतिक दलहरुसँग पनि कुराकानी भइरहेको बताउँदै केही समयपछि त्यसको परिणाम देखिने बताउनुभयो ।

बैठकमा देशभर मनसुनजन्य विपद्ले पुर्याएको क्षति र अब गर्नुपर्ने कामको विषयमा छलफल भएको उहाँकाे भनाइ छ ।

 

Leave a Reply