काठमाडाैं भित्रिने मुख्य राजमार्ग अवराेध, ठाउँ ठाउँमा पहिराे | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

काठमाडाैं भित्रिने मुख्य राजमार्ग अवराेध, ठाउँ ठाउँमा पहिराे

काठमाडाैं । हिजोदेखि परेको पानीको कारण काठमाडौं भित्रिने मुख्य राजमार्गमा जोखिम बढेको छ ।

बिहान ६ बजेदेखि पहिरो गएर धादिङको वेनिघाट रोराङ गाउँपालिकामा पर्ने जवाङ खोलामा बाटो बन्द भएको थियो ।

चितवनतर्फको तुइनखोलामा ढुङ्गा खस्दा बाटो एकतर्फी भएको छ । डिभिजन सडक कार्यालय भरतपुरका अनुसार अहिले जवाङखोलामा पूर्ण रूपमा बाटो खुला भएपनि तुइनखोलामा ढुङ्गाका कारण बाटो एकतर्फी भएको हो ।

तुइनखोला र जावङखोला दुई ठाउँमा केही सातादेखि नै लगातार पहिरो खसेर पटक पटक सडक अवरुद्ध हुने गरेका स्थान हुन् । एक साताअघि पनि जवाङ खोलामा ठुलो पहिरो गएको थियो भने तुइनखोलामा ढुङ्गा सहितको पहिरो दिनदिनै गइरहेको छ ।

हिजोदेखि लगातार परेको पानीको कारण काठमाडौं जाने सडकको अन्य ठाउँमा पनि ढुङ्गा खसिरहेको चितवन प्रहरीले जनाएको छ । यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ ।

Leave a Reply