काठमाडाैं । नयाँ कुमारी आर्यतारा शाक्यलाई कुमारी आसनमा विराजमान गराइएको छ । मंगलबार मध्यान्ह आर्यतारालाई कुमारी आसनमा विराजमान गराइएको हो । साँढे दुई वर्षीया आर्यातारा केशचन्द्र पारावर्त महाविहार इन्तुबहालकी कुलपुत्री हुनुहुन्छ । मंगलबार दिउँसो सवा १२ बजेर ५ मिनेटको शुभ साइतमा वसन्तपुरस्थित कुमारी घरमा विशेष अनुष्ठान गरी कुमारी आसनमा विराजमान गराइएको हो । मंगबार नै वर्तमान कुमारी तृष्णा शाक्यलाई आसनबाट उतारी बाजागाजासहित कुमारी घरबाट बिदा गरिएको छ










