‘जेन-जी आन्दोलनले धार्मिक पर्यटकको आगमन घटायो’ | ईमाउण्टेन समाचार

Our Network

भदौ २६ २०८३, शनिबार

‘जेन-जी आन्दोलनले धार्मिक पर्यटकको आगमन घटायो’

काठमाडाैं । नेपालको पर्यटकीय राजधानी पोखरास्थित पुम्दीकोट शिव मन्दिरमा पनि पर्यटकहरुको संख्या घटेको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण सो मन्दिरमा पनि पर्यटक आउनेहरुको संख्या न्युन हुन गएको हो ।

भारत लगायतका मुलुकहरुले पनि सुरक्षाका कारण नेपाल भ्रमणमा नजान भनेर निर्देशन दिएपछि अहिले धार्मिक पर्यटनस्थल सो मन्दिरमा पनि पर्यटकहरुको आगमन न्युन हुन गएको पुम्दीकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनुभयो । उहाँले सो आन्दोलनमा ठूलो धनजनको क्षति भएकाले पनि तत्कालका लागि पर्यटकहरुको आगमन बढ्नसक्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष बरालले पर्यटकहरुको आगमनका लागि आवश्यक वातावरण निर्माण गर्न प्रदर्शनको क्रममा ध्वस्त भएका संरचनाहरुको पुनर्निर्माणमा जोड दिन पनि सरकारलाई सुझाव दिनुभयो ।

Leave a Reply