हाहाहुहुको सरकारलाई देश जिम्मा लगाएर विदेश भाग्दिनँ : अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

हाहाहुहुको सरकारलाई देश जिम्मा लगाएर विदेश भाग्दिनँ : अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले हल्लाबाजहरुलाई देश छोड्न नसकिने स्पष्ट पार्नुभएको छ ।  भक्तपुरस्थित निवासमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले विभिन्न प्रकारका हल्ला गरिरहेको बताउनुभयो । पासपोर्ट रोक्ने भन्ने भ्रम फैल्याइएको भन्दै हाहाहुहुको सरकारलाई देश जिम्मा लगाइदिएर विदेश नभाग्ने स्पष्ट पार्नुभयो । देश सबै नेपालीहरु मिलेर बनाउनुपर्ने भन्दै देशलाई संवैधानिक, लोकतान्त्रिक मूलधारमा ल्याएरै छोड्ने पतिवद्धता जनाउनुभयो ।

उहाँले देशलाई फेरि पनि सुशासन, शान्ति सुव्यवस्थामामा ल्याउने उद्घोष गर्नुभयो । केपी ओलीको नयाँ घर भनेर लोकेट गरेर हमला गर्न जाउँ भन्ने गरिएको भन्दै सरकार सुरक्षा दिनका लागि बसेको हो की होइन भन्दै प्रश्न गर्नुभयो ।

अध्यक्ष ओलीले सरकार यिनीहरुमाथि मुद्दा चलाउँछु, पासपोर्ट रोक्छु लगायतका कुराहरु गरेर धाक लगाइरहेको बताउनुभयो । सरकारका कर्तव्यहरु केही हुन्छन् की हुँदैनन् भन्दै प्रश्न गर्नुभयो । सरकारमा हुनेहरुले सुरक्षा दिनुपर्छ की पर्दैन भन्दै प्रश्न गर्नुभयो ।

Leave a Reply