काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले देशको स्वाधिनता गम्भीर अवस्थामा रहेको बताउनुभएको छ । काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले देश रहे र लोकतन्त्र रहे मात्रै प्रतिष्पर्धा गर्न सकिने भन्दै सबै राजनीतिक दलहरुले रुपान्तरणबारे सोच्नुपर्ने बताउनुभयो । अहिलेसम्मका आन्दोलनको उपलब्धिको रक्षा, देशको स्वाभिमान र स्वाधिनता बचाउन जरुरी रहेको बताउनुभयो ।
उहाँले आफूहरु पार्टीकाे पदाधिकारी नभइ महाधिवेशन आयोजक समितिको सदस्य भएको बताउनुभयो । जेन जी आन्दोलनको मुल उद्देश्यलाई आत्मसाथ गरेर आफूहरुले यो निर्णय लिएको उहाँको दाबी छ ।
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बिहीवारदेखि काठमाडौंमा जारी थियो । अध्यक्ष दाहाल आगामी महाधिवेशनको उम्मेदवार नहुने, प्रतिष्पर्धा नै नगर्ने दाबी गर्नुभयो ।





