नवरात्र : स्कन्धमाताकाे पूजा आराधना गरिँदै | ईमाउण्टेन समाचार

Our Network

भदौ ४ २०८३, शुक्रबार

नवरात्र : स्कन्धमाताकाे पूजा आराधना गरिँदै

काठमाडाैं । आज आश्विन शुक्ल पञ्चमी, नवरात्रको छैटौँ दिन भए पनि तिथिको घटबढका कारण पञ्चमी परेकाले नवदुर्गामध्येकी पाँचौँ स्वरूप स्कन्दमाताको पूजा–आराधना गरिँदैछ । ज्ञान र कर्मशक्तिकी देवीस्वरूपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो ।

स्कन्दमाताले व्यावहारिक ज्ञानलाई कर्ममा बदल्न प्रेरणा दिने विश्वास गरिन्छ । धार्मिक विश्वासअनुसार भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्द कुमारलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रूपलाई स्कन्दमाता भनिएको हो । स्कन्दमाताको शरीर वर्ण पहेंलो चित्रण गरिएको छ । यी देवीले मानस गद्दीमा बसेकी र हातमा कमलको फूल धारण गरेकी छन् ।

स्कन्दमाता देवीको भक्तिबाट सन्तान सुख पाइनुका साथै उर्वराले धर्ती सुसम्पन्न हुने शास्त्रीय मान्यता छ । नवरात्रमा प्रत्येक दिन एक–एक देवीको आराधना गर्ने परम्परा छ । श्रद्धालुहरू घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर शक्तिस्वरूपा भगवतीको आराधना गर्छन् । पुराणअनुसार विभिन्न समयमा माता पार्वतीले लिएको रूपलाई नै नवदुर्गा भनेर पूजा आराधना गर्ने परम्परा चलेको हो ।

मार्कण्डेय पुराणअन्तर्गत देवीमाहत्म्य अनुसार नवदुर्गा भन्नाले शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री हुन् । नवरात्रिको अवसरमा राजधानी काठमाडौंसँगै देशभरका शक्तिपीठहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ ।

Leave a Reply

ताजा समाचार