महाराजगन्जका प्रहरीको हत्या गर्ने प्रदर्शनकारी पक्राउ,कर्तव्य ज्यान कसुरको मुद्दा | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

महाराजगन्जका प्रहरीको हत्या गर्ने प्रदर्शनकारी पक्राउ,कर्तव्य ज्यान कसुरको मुद्दा

काठमाडौ ।
जेनजी’को प्रदर्शनका क्रममा प्रहरी वृत्त महाराजगन्जका प्रहरीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको गरिएको छ । काठमाडौं प्रहरीको विशेष टोलीले काभ्रेका युवराज क्यापछाकीलाई पक्राउ गरेको हो ।

उनीमाथि प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको छ । प्रदर्शनमा उत्रिएका युवाले महाराजगन्जमा कार्यरत दुई प्रहरी मिलन राय र उत्तम थापामाथि कुटपिट गरी हत्या गरेका थिए ।

घटनामा संलग्न एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले तस्बिर तथा भिडियोका आधारमा अनुसन्धान गरेर प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाट गर्नेमाथि कारबाही थालेको छ ।

 

Leave a Reply