२.२३ प्रतिशत बढ्यो सेयर बजार,५ अर्ब २९ करोडको कारोबार | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

२.२३ प्रतिशत बढ्यो सेयर बजार,५ अर्ब २९ करोडको कारोबार

काठमाडौ ।
मंगलबार शेयर बजारउ उच्च अङ्कले बढेसगै २.२३ प्रतिशत बढेको छ ।छ । शेयर बजार परिसूचक नेप्से मंगलबार ५८ दशमलव ६३ अङ्कले बढेर २ हजार ६ सय ८२ दशमलव २५ विन्दुमा पुगेको छ ।

आइतबार सेयर बजारमा १११.७० अङ्कको वृद्धि भएको थियो । जबकि गत बिहीबार बजारमा नकारात्मक सर्किट लागेर परिसूचक १६०.३३ अङ्कले घटेको थियो । आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, माइक्रोफाइनान्स, अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।आज ८ वटा कम्पनीका शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन प्रभु स्मार्ट फन्डको शेयर भने ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ९ अर्ब १७ करोडको कारोबार भएकोमा आज ३ सय २८ वटा कम्पनीका १ करोड १३ लाख कित्ता शेयर ५ अर्ब २९ करोड रुपैयाँमा किनबेच भएको छ ।

 

Leave a Reply