पूर्वमन्त्री टोपबहादुर रायमाझी फर्किए कारागार | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

पूर्वमन्त्री टोपबहादुर रायमाझी फर्किए कारागार

काठमाडौ ।
जेनजी आन्दोलनको क्रममा २४ भदौमा सुन्धारास्थित कारागारबाटकारागारबाट निस्केका एमाले नेता एवं पूर्वमन्त्री टोपबहादुर रायमाझी कारागार फर्किएका छन् ।नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी कारागार फर्केका हुन। मंगलबार रायमाझी कारागार फर्केको कारागार स्रोतले बताएको छ ।

रायमाझीसँगै सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदीबन्दी भागेका थिए । देशभरका कारागारबाट १४ हजार बढी कैदीबन्दी भागेका थिए । करिब आधाजसो कैदीबन्दी अहिले कारागार फर्किसकेका छन् ।उनीसँगै सुन्धारा कारागारमा रहेका भुटानी शरणार्थी प्रकरणमै तत्कालीन सचिज टेकनारायण पाण्डे पनि कारागारबाट निस्केका थिए । उनी भने अहिलेसम्म फर्केका छैनन् ।

Leave a Reply