जेन जी आन्दोलनबाट क्षति पुगेका भौतिक संरचनाहरुमा रङरोगन हुँदै | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

जेन जी आन्दोलनबाट क्षति पुगेका भौतिक संरचनाहरुमा रङरोगन हुँदै

काठमाडाैं । जेन जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि सिंहदरबारस्थित मन्त्रालयका भवनहरुमा रङरोगन शुरु गरिएको छ । भदौ २३ र २४ गते भएको जेन जी पुस्ताको आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, संसद भवन, अदालतहरुमा आगजनी र तोडफोड गरिएको थियो ।

ताेडफाेड भएका भवनहरुको अहिले रङरोगन शुरु गरिएको छ । साथै छिटै पुनःनिर्माण गरिसक्ने सरकारको लक्ष्य छ । जेन जीको आन्दोलनबाट हालसम्म् ७४ जनाको ज्यान गएको छ । सरकारी सम्पत्ति, निजी भवनहरु, व्यपारिक केन्द्रहरुमा तोडफोड र आगजनी गर्दा खर्बौंको क्षति भएको छ ।

जेन जी पुस्ताको आग्रहमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारसँगै फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन तोकिएको छ । समयमै निर्वाचन गराउन सबैले जोड दिनुपर्ने आवाज उठिरहेको बेलामा सुरक्षाकर्मीहरुको मनोबल बढाइ, भौतिक संरचनाहरु पनि ठिक पार्नुपर्ने दायित्व अहिलेको सरकारलाई छ । साथै संसद भवन जलेर ध्वस्त भएकाले नयाँ भवनबाट आगामी संसदको बैठक सञ्चालन गर्नुपर्ने हुन्छ । त्यसको तयारी पनि अन्तरिम सरकारले गर्नुपर्नेछ ।

Leave a Reply