'इन्टरनेसनल कार्ड नेटवर्क'बाट राजस्व भुक्तानी प्रक्रिया शुरू | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८२, बुधवार

‘इन्टरनेसनल कार्ड नेटवर्क’बाट राजस्व भुक्तानी प्रक्रिया शुरू

काठमाडाैं । नेपालमा अब इन्टरनेसनल कार्ड नेटवर्कबाट पनि राजस्व भुक्तानी गर्न सकिने भएको छ । अर्थ मन्त्रालयले राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस) मा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली अन्तर आबद्धता शुरु गरेको हो ।

अर्थमन्त्री रामेश्वर खनाल र मुख्यसचिव एकनारायण अर्यालले यसको सुरुवात गरेका गर्नुभएको छ । यसबाट विदेशमा रहेका करदाता र नेपाल आउने पर्यटक लाभान्वित हुने अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार इन्टरनेसल कार्ड नेटवर्कको अन्तर आबद्धताबाट सेवा प्रवाह पेपरलेस र फेसलेस पनि बनेको छ । यो सेवा २४ सै घण्टा उपलब्ध हुने अर्थमन्त्रालयले जनाएको छ ।

राजस्व संकलन द्रुत, पारदर्शी, अन्तर्राष्ट्रिय पहुँचयुक्त र सेवाग्राहीमैत्री हुने समेत मन्त्रालयको भनाइ छ । यसबाट नेपालमा डिजिटल इकोनोमीको प्रबर्द्धन हुने विश्वास गरिएको छ ।

महालेखा नियन्त्रक कायालयका अनुसार यो भुक्तानी प्रणालीबाट मास्टर कार्ड, भिसा कार्ड लगायत अन्तर्राष्ट्रिय कार्ड नेटवर्कमार्फत नेपालको अध्यागमन विभागले तोकेको सेवा प्राप्त हुने छ । यसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहितका प्रवेश विन्दुबाट नेपाल प्रवेश गर्ने पर्यटक लाभान्वित हुने छन् ।

Leave a Reply