सरकार गठनसँगै देशभरकाे जनजीवन सामान्य बन्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

सरकार गठनसँगै देशभरकाे जनजीवन सामान्य बन्दै

काठमाडाैं । अन्तरिम सरकार गठनसँगै काठमाडौं उपत्यकासहित देशभरको जनजीवन सामान्य बनेको छ । काठमाडौं उपत्यकामा अहिले जनजीवन सामान्य बन्दै गएको हो ।

सुरक्षार्थ खटिएका नेपाली सेनाहरु अहिले सडकमा छैनन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल एवं ट्राफिक प्रहरीले सडकमा सुरक्षा दिइरहेको छ भने यातायात व्यवस्थापनको काम पनि गरिरहेको छ ।

आम मानिसहरु कार्यालय, आवश्यक कामका लागि सडकमा निस्किएका छन् । होटल, पसलहरु खुलेका छन् । अन्तरिम सरकारको प्रधानमन्त्रीमा शुक्रबार राति सुशीला कार्की नियुक्त भएसँगै अवस्था सामान्य बन्दै गएको छ ।

संसद विघटन गरी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति घोषणा गरिएको छ । तर राजनीतिक दलहरुले भने संसद विघटनको विरोध गरिरहेका छन् ।

Leave a Reply