त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु

काठमाडाैं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल सुचारु गर्ने निर्णय गरेको विमानस्थल नागरिक उड्डयन कार्यलयका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिनुभएकाे हाे ।

उहाँले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित सुचारु बताउनुभयो । आन्तरिक उडानको हकमा भने निजी वायुसेवा कम्पनी र सम्बन्धित विमानस्थलको आवश्यकता अनुसार त्रिभूवन विमानस्थलबाट उडान गर्न सकिने उहाँको भनाइ छ ।

उहाँले भैरहवा विमानस्थल बाहेक अन्य विमानस्थलमा उडान गर्न कुनै समस्या नभएको पनि बताउनुभयो ।

हवाई उडानका लागि विमानस्थल आउने यात्रुहरुले आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडानको समयको जानकारी लिएर मात्रै आउन आग्रह गरिएको छ । विमानस्थलमा जाने यात्रुहरुलाई हवाई टिकट र आफ्नो परिचय खुल्ने कागजात बोकेर जान पनि आग्रह गरिएको छ । त्रिभूवन विमानस्थलमा मंगलवारदेखी हवाई उडान प्रभावित भएको थियो ।

Leave a Reply