काठमाडाैं । जेन जी पुस्ताले गरेको आन्दोलनका क्रममा सिंहदरबारमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
सर्वोच्च अदालत, जिल्ला अदालत काठमाडौं, सरकारी वकीलको कार्यालय, वैद्य खाना, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिंहदरबारभित्र रहेका मन्त्रालयहरु राष्ट्रपति भवन शितल निवास, संसद भवन लगायतका सरकारी सम्पत्तिहरु जलेर ध्वस्त भएका छन् ।
सडकको बीच बीचमा सवारी साधनहरु जलाएर छोडेको देख्न सकिन्छ । प्रदर्शनकारीहरुले गरेको आगजनी र तोडफोडबाट काठमाडौंका सरकारी निकायहरु ध्वस्त भएका छन् ।
सडकमा ढुंगा, इँट्टा, सिसाका टुक्राहरु यत्रतत्र देख्न सकिन्छ ।






