काठमाडौ ।
जेनजी पुस्ताले स्वस्फूर्त आह्वान गरेको आन्दोलनको पहिलो दिन भएको निशंस दमन र १९ जनाको मृत्युपछि देशको परिस्थिति भड्किएको छ जेनजी युवाहरुको प्रर्दशनले उग्र रुप लिएर नेतृत्वविहीन हुँदै जाँदा नेपाली सेना आन्तरिक छलफलमा छुटेको छ। सोमबार साँझ राष्ट्रिय सुरक्षा परिषदको बैठकपछि नेपाली सेनाले संसद भवन लगायतका सरकारी संरचनाहरुको सुरक्षा गरिरहेका बेला नेपाली सेना छलफलमा जुटेको छ। नेपाली सेना गम्भीर भएको र आफूहरु गम्भीरता छलफलमा जुटेको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताएका छन्।
जेनजी प्रदर्शनमा भएको दमनको प्रतिक्रियास्वरुप मंगलबार देशभर आगजनी र तोडफोडको श्रृंखला बढेको छ। नेपाल प्रहरी र सशस्त्रको सुरक्षा व्यवस्थापन धान्न सकिरहेका छैनन।काठमाडौका प्रहरी विटहरुमाथि आक्रमण भैरहेको छ।
प्रहरी र सशस्त्र प्रहरीले मात्रै आन्दोलनलाई छेक्न र रोक्न सक्ने अवस्था छैन। संविधानको धारा २६७ को उपधारा ६ मा ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विशृंखलताका कारणले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम राष्ट्रपतिबाट सेना परिचालनको घोषणा हुनेछ। अहिले त्रिभुवन विमानस्थलमा क्षेत्र सेनाले लिएको छ।





