काठमाडाैं । राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिले राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदालाई सुझावसहित पारित गरेको छ । सोमबार बसेको समितिको बैठकले प्रतिवेदनलाई पारित गरेको हो ।
बैठकमा समित सभापति कमलादेवी पन्तले प्रतिवेदनलाई सुझावसहित पारित गरेको घोषणा गर्नुभएको थियो । सभापति पन्तले प्रतिवेदनलाई कार्यन्वयन गर्नको लागि गृहमन्त्री, प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ । उहाँले राष्ट्रिय सभामा प्रतिवेदनलाई परिमार्जनसहित पेश गर्ने जानकारी दिनुभएको छ ।
सभापति पन्तले प्रतिवेदन गृहमन्त्री रमेश लेखकलाई हस्तान्तरण समेत गर्नुभएको छ ।





