काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले स्रष्टाहरुको राजनीतिक दलको आवद्धतालाई नकारात्मक रुपमा लिन नहुने टिप्पणी गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित डा. नवराज लम्सालद्वारा लिखित चौथो महाकाव्य कल्प लोकार्पण समारोहमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
महामन्त्री थापाले राजनीतिक चेतनाको आँखाले समाजलाई स्रष्टाहरुले हेर्नसक्ने भने त्यसले समाजमा अझ धेरै बढी योगदान दिनसक्ने स्पष्ट पार्नुभयो । राजनीतिक दलमा आवद्ध हुने कुराले अझ बढी समाजप्रति दायित्ववोध हुने भएकाले पनि त्यसको आवद्धताको विषयलाई गलत ढंगले व्याख्या गर्न नहुने उहाँको भनाई थियो ।
महामन्त्री थापाले राजनीतिक दलमा आवद्ध भएका स्रष्टाहरुले अझ बढी समाजलाई सही बाटोमा अघि बढाउन प्रेरित गर्न सक्ने निष्कर्ष समेत सुनाउनु भयो ।
त्यस अवसरमा महामन्त्री थापाले लम्सालले साहित्य सृजनाको माध्यामबाट समाज परिवर्तनको दिशामा महत्वपूर्ण योगदान पु¥याउनुभएको पनि बताउनुभयो ।





