कला, संस्कृति र सम्पदा संरक्षण सबैको साझा दायित्व : राष्ट्रपति | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

कला, संस्कृति र सम्पदा संरक्षण सबैको साझा दायित्व : राष्ट्रपति

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको कला, संस्कृति र सम्पदाको संरक्षण, संबर्द्धन तथा प्रवर्द्धनका लागि सरकार मात्र नभइ निजी क्षेत्र र आमनागरिक सबैको साझा दायित्व रहेको बताउनुभएको छ । शुक्रबार नेपाल कला तथा संस्कृति महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक शासन प्रणालीमा सबै वर्ग, क्षेत्र र पेसाले समान अवसर पाउने बताउनुभएकाे हाे ।

राष्ट्रपति पाैडेलले सम्पदा संरक्षणमा चनाखो हुन सम्पदाप्रेमीहरुलाई आग्रह गर्नुभयो । उहाँले नेपाल कला परिषद्को पहलमा निजी, सरकारी तथा जनस्तरको सहभागितामा महोत्सव आयोजना हुनु सकारात्मक पहल भएको उल्लेख गर्दै यस्तो कार्यक्रमले नेपालका हिमालदेखि सांस्कृतिक धरोहरसम्मका कथा विश्वसामु चिनाउन योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले लोकतान्त्रिक व्यवस्थामा सबै वर्ग, क्षेत्र र जातिको उन्नति र प्रगतिको समान अवसर प्राप्त हुनेमा विश्वास समेत व्यक्त गर्नुभयो ।

यही व्यवस्थामा प्राप्त उपलब्धी र अवसरहरुको उपयोग गरी भाषा, कला र संस्कृतिको विकास गर्नतर्फ सरोकारवालाहरुको ध्यान जान जरुरी रहेको बताउनुभयो ।

Leave a Reply