स्मार्ट वर्क र नविन सोचबाट मात्रै प्रदेशको समृद्धि सम्भव : भौतिक पूर्वाधारमन्त्री | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

स्मार्ट वर्क र नविन सोचबाट मात्रै प्रदेशको समृद्धि सम्भव : भौतिक पूर्वाधारमन्त्री

काठमाडाैं । वागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटाले परम्परागत र प्रक्रियामुखी कार्यशैलीबाट प्रदेशले अपेक्षित समृद्धि हासिल गर्न नसक्ने बताउँदै परिणाममुखी नतिजाका लागि ‘स्मार्ट वर्क, टिमवर्क र नवीन सोच’ लाई आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभएको छ ।

मन्त्रालयद्वारा आयोजित आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा तथा आगामी आर्थिक वर्ष २०८२/८३ को कार्ययोजना तर्जुमा गोष्ठीको उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री देवकोटाले कर्मचारीतन्त्रको सोच र कार्यशैलीमा आमूल परिवर्तनको आवश्यकता औंल्याउनुभएको हो ।

उहाँले केवल औपचारिकता निभाउने र पुरानै ढर्रामा काम गर्ने प्रवृत्तिले जनतामा सकारात्मक परिवर्तनको अनुभुति गराउन नसकिने स्पष्ट पार्नुभयो । मन्त्री देवकोटाले कुनैपनि ठूलो लक्ष्य एक्लै हासिल गर्न नसकिने बताउँदै मन्त्रालयका विभिन्न महाशाखा, विभाग र कर्मचारीहरूबीच बलियो ‘टिमवर्क’ को खाँचो रहेको बताउनुभयो । परिवर्तन र विकासका लागि नविन सोच र गतिशील कार्ययोजना अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले विश्वव्यापी रूपमा विकास भइरहेका नयाँ प्रविधि र अवधारणालाई प्रदेशको विकासमा जोड्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले योजनाहरूलाई प्राथमिकताका आधारमा वर्गीकरण गरी स्रोत र साधनको अधिकतम उपयोग गर्नसमेत निर्देशन दिनुभयो । गोष्ठीमा विगतका कामको समीक्षा गर्दै आगामी वर्षका लागि थप स्पष्ट, रणनीतिक र कार्यान्वयनयोग्य योजना निर्माणमा केन्द्रित हुन आग्रह गर्दै उहाँले छलफलबाट आउने निष्कर्षले प्रदेशको पूर्वाधार विकासमा नयाँ मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो। ।

मन्त्रालयका सचिव ईश्वरीचन्द्र मरठ्ठाको अध्यक्षतामा भएको दुई दिने भदौ १७ र १८ गोष्ठी कार्यक्रममा वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन विज्ञ डा. माघव कार्की र शहरी योजना तथा बस्ती विकास विज्ञ डा. संगिता सिंहको सहजीकरण गर्नुहुनेछ । कार्यक्रममा यातायात पूर्वाधार निर्देशनालयका निर्देशक नविनकुमार सिंह, प्रदेशका ११ वटै जिल्लाका भौतिक पूर्वाधार विकास कार्यालय, शहरी विकास तथा भवन कार्यालयका प्रमुख, मन्त्रालयका महाशाखा प्रमुखहरू तथा अन्य कर्मचारीहरूको सहभागिता रहेको थियो ।

Leave a Reply