काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले बहसलाई वैचारिक ढंगबाट अघि बढाउन जरुरी रहेको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिले बहस वैचारिक ढंगले भन्दा व्यक्ति केन्द्रित भइरहेको बताउनुभएकाे हाे।
उहाँले पुस्तान्तरण हुन जरुरी रहेको तर विचारसहितको पुस्तान्तरण आजको आवश्यकता भएको बताउनुभयो । पुस्तान्तरण मात्रै भन्दा राजावादीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहका नातीलाई अघि सारेको पनि बताउनुभयो । नयाँ विचारसहितको नयाँ पुस्ता आवश्यक रहेको उहाँको भनाइ छ ।
विविधतायुक्त, आर्थिक, सामाजिक अवस्थालाई माथि उकास्ने गरी अघि बढ्न जरुरी रहेको उहाँकाे भनाइ छ।
अध्यक्ष भट्टराईले वैचारिक राजनीतिक शक्तिको विकल्प नरहेको बताउनुभयो ।





