राष्ट्रपतिकाे भूमिकामा नेपालको गौरव बढ्ने काम गरेँ : पूर्वराष्ट्रपति भण्डारी | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

राष्ट्रपतिकाे भूमिकामा नेपालको गौरव बढ्ने काम गरेँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले राष्ट्रपति भएर नेपालको गौरव बढ्नेगरी काम गरेको बताउनुभएको छ ।काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले देशको राष्ट्रपतिले गर्नुपर्ने भुमिका मर्यादित ढंगले राम्रोसँग राष्ट्रको गौरव बढ्ने गरी काम गरेको बताउनुभयो । राष्ट्रपति हुँदा आफूले गरेको कामहरु इतिहासको पानामा खुला रहेको भन्दै आफू पनि आलोचना भन्दा बाहिर नरहेको बताउनुभयो । तर तथ्यका आधारमा आलोचना हुनुपर्ने उहाँको भनाइ छ ।

उहाँले आफू नेकपा एमालेकै कार्यकर्ता भएर काम गर्ने पनि स्पष्ट पार्नुभयो । आफूलाई केहीले नेता मान्ने गरेको तर च्यासलले संगठित सदस्यमै प्रश्न उठाएको टिप्पणी गर्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले जनताको बहुदलीय जनवादको मर्मअनुसार काम भयो की भएन भनेर समीक्षा गर्ने बेला भएको बताउनुभयो ।

 

Leave a Reply