विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित,विधेयकमा माओवादी, रास्वपा र राप्रपाको फरक मत | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८२, सोमबार

विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित,विधेयकमा माओवादी, रास्वपा र राप्रपाको फरक मत

काठमाडौ ।
विद्यालय शिक्षा विधेयक –२०८० प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिबाट पारित भएको छ । बिहीबार बसेको समितिको बैठकले विधेयक पारित गरेको हो ।
तर विधेयकमा नेकपा ९ओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, र राष्ट्रिय प्रजातन्त्र पार्टीले फ

रक मत राखेका छन् ।माओवादीका सांसदहरू देवेन्द्र पौडेल, महेन्द्रराय यादव, रेशा शर्मा र ज्ञानु बस्नेत सुवेदीले फरक मत पेस गरेका हुन् ।
माओवादीले उपसमितिको सहमति अनुसार पूर्ण छात्रवृत्ति हुनुपर्नेसहित ५ बुँदे फरक मत राखेको छ । त्यस्तै रास्वपाले पूर्ण छात्रवृत्ति र आवास सुविधासहितको व्यवस्था हुनुपर्ने भन्दै ३ बुँदे फरक मत राखेको छ ।

माओवादी र रास्वपा दुवैले ईसीडीका सहजकर्तालाई शिक्षक मान्नुपर्नेमा पनि फरक मत राखेका छन् । राप्रपाले निजी विद्यालयलाई गैरनाफामूलक बनाउने भन्ने कुरामा फरक मत राखेको छ ।समितिबाट पारित भएको प्रतिवेदनसहितको विधेयक प्रतिनिधिसभाको आउँदो बैठकमा पेश गर्ने समिति सभापति अम्मरबहादुर थापाले जानकारी दिए ।

यसअघि असार १५ गते समितिबाट विधेयक पारित गर्ने तयारी भए पनि शिक्षक महासङ्घ र निजी विद्यालय सञ्चालकको विरोधले गर्दा ढिला भएको थियो । तर महासङ्घ र विद्यालय सञ्चालकहरूको असन्तुष्टिकै बीच समितिबाट विधेयक पारित भएको हो ।
विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आजदेखि आन्दोलन शुरू गरेका छन् । त्यस्तै शिक्षक महासङ्घले समेत आन्दोलन गर्ने घोषणा गरिसकेको छ ।

Leave a Reply