प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव मिश्रीकाे भेट | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८२, बुधवार

प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव मिश्रीकाे भेट

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिश्रीले शिष्टाचार भेट गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आइपुग्नुभएका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गर्नुुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ ३१ मा प्रस्तावित भारत भ्रमणको तयारी छलफलका लागि मिस्री नेपाल आउनुभएको बताइएको छ ।

नेपाल भ्रमणका क्रममा उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग छुट्टा–छुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

Leave a Reply