काठमाडौँ ।
रुपन्देही कारागारबाट सरुवा गरेर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदैछ। गत चैत २५ देखि रुपन्देही कारगारमा सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई आज नख्खु कारागारमा सरुवा गरेर ल्याउन लागिएको हो ।
लामिछानेले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । जसमा अदालतले समेत अनुमति दिए पनि गृह प्रशासनले रोकेको थियो ।दिएको निवेदनको आधारमा हिजो कारागार विभाले सरुवा गर्ने निर्णय गरेको थियो ।
भैरहवाबाट लामिछानेलाई दिउँसो ३ः१० बजे बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याउन लागिएको जनाइएको छ ।लामिछानेलाई स्वागत गर्नको लागि पत्नी निकिता पनि एयरपोर्ट जाने तयारी छ भने समर्थकहरू एयरपोर्ट जाँदै छन्। रास्वपाले पार्टी सभापति लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध राखेको भन्दै हस्ताक्षर अभियान चलाइरहेको छ।





