काठमाडाैं । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेस सांसद डा. प्रकाशशरण महतले नेपालमा योग्य मान्छेहरुको अभाव भएको बताउनुभएको छ । बुधबार अर्थ समितिको बैठकमा बोल्दै उहाँले नेपालमा योग्य मान्छेहरुको अभाव भइसकेकाले गम्भीर हुनुपर्ने बेला आएको बताउनुभएको हो ।
उहाँका अनुसार विदेशबाट पीआरहरु छाेडेर नेपाल जो छोडेर आउछु भन्छन्, त्यस्ता योग्य मान्छेहरुलाई बिना शर्त स्वागत गर्नुपर्छ । सबै कुरा जोखिममा राखेर आउ भन्दा योग्य मान्छेहरु जोखिम मोलेर आउन नचाहिरेको उहाँको भनाइ रहेको छ ।
पूर्वअर्थमन्त्री समेत रहनुभएका महतले भन्नुभयो–‘हामीले धेरै कुरा भावनामा बगेर गरेका छौं । यो पीआर हुनेबित्तिकै नेपालमा जागिर खान तीन महीना अघि नै छाड्नुपर्ने यी सबै बकबास हुन । अस्ति भर्खरै इङल्याण्डमा क्यानडाको प्रधानमन्त्री बने । इन्डियामा रघुरमन गभर्नर थिए । उनीसँग अमेरिकाको पिआर नै थियो । उनले गभर्नर छाडेपछि फेरि अमेरिका पढाउन गए । पीआर भनेको केही होइन । पीआर भनेको त्यहाँको काम गर्न दिइएको सुविधा हो । त्यो भन्दा अरु केही पनि होइन । त्यहाँको नागरिकता होइन त्यो । त्यहाँको नागरिक बनिने होइन । त्यहाँ कुनै राजनीतिक अधिकार हुँदैन । तर पनि हामीले यसलाई पहाड जस्तै ठान्यौँ।’
उहाँले सार्वजनिक पद धारण गर्न तीन महीना अघि नै विदेशी पीआर छाडिसक्नुपर्ने व्यवस्था ठिक नभएको बताउनुभयो । महतका अनुसार तीन महिना अघावै नेपालमा पीआर छाडेर आउनेलाई कामको ज्ञारेन्टी नेपाल सरकारले गर्न सक्नुपर्छ । काम पनि नभए यत्तिकै मान्छे पीआर छाडेर आउन तयार नहुने उहाँको भनाइ रहेको छ ।





