अमेरिकाको टेक्ससमा भएको गोलीकाण्डमा एकै परिवारका तीन भुटानी शरणार्थीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

अमेरिकाको टेक्ससमा भएको गोलीकाण्डमा एकै परिवारका तीन भुटानी शरणार्थीको मृत्यु

काठमाडौँ ।
अमेरिकास्थित टेक्ससको ड्यालसमा भुटानबाट पुनर्स्थापित एक परिवारका तीन सदस्यहरुको गोलीकाण्डमा मृत्यु भएको छ ।
शनिबार बिहान भएको गोलीकाण्डमा २००८र०९ मा शरणार्थी पुनर्स्थापना कार्यक्रम अन्तरगत ड्यालस आएका एकै परिवारका तीन नेपालीभाषी भुटानी शरणार्थीको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा एक बालक छन् ।टेक्सासको डल्लासमा एक अपार्टमेन्टमा गत शनिबार बिहान ५३ वर्षीय ललित प्रधान, उनकी ३५ वर्षीया रञ्जना श्रेष्ठ र उनीहरुका ३ वर्षे छोरा प्रनिशको ज्यान गएको सीबीएस न्युजले जनाएको छ । रञ्जना र प्रनिश घटनास्थलमै गोली लागेर मृत्यु भएको अवस्थामा फेला परेका थिए ।

घटनास्थलमा गम्भीर घाइते अवस्थामा भेटिएका ललितको भने उपचारको क्रममा ज्यान गएको प्रहरी अधिकारीहरुले बताएका छन् ।ललित पूर्वी मोरङको शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरबाट करिव डेढ दशकअघि पुनर्वासमा अमेरिका आएका हुन् ।

उनकी श्रीमती रञ्जनाको माइत भने काठमाडौंमा छ ।प्रधानले शनिबार मात्र फेसबुकमा लामो पत्र लेख्दै मेडिकेट लगायतका सुविधाहरू नहुँदा समस्या परेको दुःखेसो गरेका थिए ।

 

 

 

Leave a Reply