काठमाडौं – नेपाली आधुनिक गीतसंगीतको क्षेत्रमा नयाँ रचना थपिएको छ। गीतकार उत्तम केसी नेपालको शब्दमा तयार पारिएको मर्मस्पर्शी गीत ‘छातीभित्र मुटु हुन्छ’ को भिडियो हालै सार्वजनिक गरिएको हो। ब्राण्ड यू पिक्चर्स प्रा।लि।को निर्माणमा तयार पारिएको यस गीतको भिडियो ‘चुईचुई पारेर टिभी’ युट्युब च्यानलमार्फत रिलिज गरिएको हो। गीतमा सिक्किम याक्थुङ स्टार गायिका अञ्जना नाल्भोको स्वर रहेको छ भने संगीत संयोजन पुष्कर सुनुवारले गरेका छन्। गीतको रेकर्डिङ, मिक्सिङ र मास्टरिङ बिप्लव अधिकारीले सम्पादन गरेका हुन्।
गीतको निर्देशन अमर ओलीले गरेका छन् भने छायांकन ज्ञानकुमार कटेलले गरेका छन्। मुकुन्द मैनाली, विनिता भण्डारी, सिद्धान्त बोहरा, मनोज केसी र सानु कान्छा महर्जन अभिनयमा देखिएका छन्। श्रृंगार मिरा लामा, प्रकाश व्यवस्थापन शिव, सम्पादन प्रेम शर्मा पौडेल र व्यवस्थापन मनोज केसीले सम्हालेका छन्। गीतका निर्माता उत्सव केसी हुन्। उत्तम केसी नेपालको शब्द, अञ्जना नाल्भोको स्वर र समग्र टिमको प्रस्तुति रहेको यस गीतले दर्शकमाझ राम्रो प्रभाव पार्ने विश्वास मैले लिएको छु ।




