विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनमा संशोधन आवश्यक : गृहमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८२, मंगलबार

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनमा संशोधन आवश्यक : गृहमन्त्री

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐनमा आवश्यक संशोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ ।  काठमाडौंमा आयोजित गृहमन्त्रीसँग विपद् संवाद कार्यक्रममा बोल्दै उहाँले विपद् जोखिम न्युनिकरण तथा प्रतिकार्यका लागि नीतिगत र संरचनात्मक सुधार आवश्यक भएको उल्लेख गर्दै विज्ञहरूका सुझावका आधारमा ऐन परिमार्जन गरिने बताउनुभएकाे हाे ।

उहाँले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन संशोधनका लागि विज्ञहरुका सुझावहरु संकलन गरेर मन्त्रालयमा पठाउन विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन समेत दिनुभयो । उहाँले विपद् जुनसुकै समयमा पनि आउनसक्ने उल्लेख गर्दै विपद् प्रतिकार्य गर्ने राज्यका संरचनाहरुलाई प्रयोगात्मक रुपमा हेर्न नहुनेमा पनि जोड दिनुभयो ।

गृहमन्त्री लेखकले विपद् पूर्वसूचना प्रणालाई आत्मसाथ गरिदिन राजनीतिक दलहरुलाई पनि आग्रह गर्नुभयो । उहाँले विपद् जोखिम न्यूनिकरणका लागि पूर्वसूचना प्रणालीलाई बलियो बनाउन जरुरी रहेको उल्लेख गर्दै यसका लागि सरकार गम्भीर भएर लागिपरेको पनि बताउनुभयो ।

विपद् जोखिम न्युनिकरणको विषय सरकारको मात्र नभएको उल्लेख गर्दै उहाँले सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न समेत आग्रह गर्नुभयो ।

 

Leave a Reply

ताजा समाचार