उपभाेग्य वस्तुमा 'एमआरपी' लागु नहुँदा उपभोक्ता दोब्बर मूल्य तिर्न बाध्य | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

उपभाेग्य वस्तुमा ‘एमआरपी’ लागु नहुँदा उपभोक्ता दोब्बर मूल्य तिर्न बाध्य

पुष्पाश्री कार्की
अधिकतम खुद्रा मूल्य (एमआरपी) लागु गर्दा आमउपभोक्ताका लागि दैनिक प्रयोगमा आउने खाद्यान्न लताकपडादेखि विलासिताका सामानहरु समेत खरिदमा सहजता हुन्छ । हरेक देशमा एमआरपी लागु गर्नु र गराउनु सामान्य प्रक्रिया अन्तर्गत पर्दछ । तर नेपालमा भने एमआरपी लागु गरे आफ्नो व्यवसाय नै चौपट हुने मानसिकताका व्यापारीहरुले सरकारको निर्देशनलाई मिच्दै आएका छन्, जस्को प्रत्यक्ष असर उपभोक्ताले खेप्दै आएका छन् ।

विकसित राष्ट्रहरुमा एमआरपी अर्थात् अधिकत्तम् खुद्रा मूल्य लागु गरेर जनताको दैनिकी सामान्य बनाउनु देशका शासकहरको आधारभुत प्राथमकिता भित्र पर्दछ । हरेक देशले आयातित वस्तुदेखि आफैले उत्पादन गरेका सामानमा समेत एमआरपी लागु गरेर आफ्ना जनताको दैनिकी सामान्य बनाउने विषयलाई गम्भीरताका साथ हेर्ने गर्दछन् । यता नेपाल जस्ता विकाशोन्मुख देशहरुमा भने निर्यातभन्दा आयातको आकार बढी भएकाले व्यापारीले एमआरपी लागु हुनु असामान्य मान्दै आएका छन् ।

नेपाल सरकार र सरोकारवाला निकायले लामो समयदेखि एमआरपी लागु गर्ने कसरत गदै आएको छ, तर ठूलासाना व्यापारीले यसलाई नकार्दै आएका छन् । सरकारले आयातित र देशमै उत्पादन गरिने सामानमा समेत एमआरपी लागु गर्ने निर्णय गरेको लामो समय भैइसक्दा पनि व्यापारीहरुले अटेर गर्दै आएका छन् । नेपालमा आयातित सामानमा एमआरपी लागु नहुँदा आम उपभोक्ताले दोब्बरभन्दा बढी मूल्य तिर्न बाध्य छन् ।

दैनिक उपभोग्य वस्तुमा समेत व्यापारीले जथावाभी मूल्य राख्दा कर संकलनमा समेत प्रभाव परेको देखिन्छ । व्यापारीहरु आफ्नो सहजताका लागि दोस्रो बाटो भएर आएका सामानमा बढी आकर्षित हुने र आफै सामानको मूल्य निर्धारण गर्ने हुँदा देशले ठूलो आर्थिक क्षेति बेहोरी रहेको छ । दैनिक प्रयोगमा आउने सामानमा सम्मेत एमआरपी लागु नहुँदा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले साना तथा ठूला व्यापारीलाई कानुनी कारबाही पनि बेलाबेलामा नगरेको होइन । तर यसरी कानुनी कारबाहीमा परेका व्यापारीले समेत उन्मुक्ति पाउँदा सरकारी पक्षको त्रुटी देखिन्छ ।

केही समय अगाडि देशका प्रमुख शहरहरुमा एमआरपी लागु भए नभएको अनुगमनलाई तिब्रता दिइएको थियो । जसमा ठूला व्यापारी घरानाहरु समेत कारबाहीको दायरामा आएका थिए तर सरकार परिवर्तको फाइदा उठाएर उन्मुक्ति पाउँदा समस्या जस्ताको त्यस्तै छन् । व्यापारी पक्षले एमआरपी लागु गर्दा व्यापारबाट नै विस्तापित हुनुपर्ने र नयाँ व्यवसायको सुरुवात गर्नेहरु समेत हतोत्साहित हुने कुतर्क गर्दै आएका छन् ।

त्यसो त एमआरपी लागु गर्ने विषयमा कानूनी व्याख्यामा समेत त्रुटी नभएको होइन । त्यसैले कानूनी पक्षलाई दरिलो बनाएर विपरित जानेहरुलाई कठघरामा ल्याउन सके मात्रै एमआरपी लागु गर्ने नारा कार्यान्वयन हुने बलियो आधार बन्न सक्छ ।

Leave a Reply